IME remit
  • बिहीबार, श्रावण २९,२०८२ 09:14:37
IME remit
Global IME Bank Limited

इम्पेयरमेन्ट चार्ज बढेसँगै नेपाल एसबीआई बैंकको नाफामा ९.८६% को गिरावट, ईपीएस पनि घट्यो

Hyundai Nepal
इम्पेयरमेन्ट चार्ज बढेसँगै नेपाल एसबीआई बैंकको नाफामा ९.८६% को गिरावट, ईपीएस पनि घट्यो
Shivam Cement

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । बै.कले सार्वजसिनक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.८६ प्रतिशतले कम हो । अघिल्लो आवमा भने बैंकले १ अर्ब ९९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो आवमा ५ अर्ब ७ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने ५ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १ अर्ब ३० करोड रुपैयाँबाट घटेर १ अर्ब २१ करोड रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ७५ करोड र सञ्चालन मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म बैंकले निक्षेप संकलन १३.७२ प्रतिशतले बढ्दै १ खर्ब ९९ अर्ब पुगेको छ । कर्जा प्रवाह पनि ७.१३ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँबाट बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । लाभांश क्षमता समेत १०.४९ प्रतिशतबाट बढेर ११.२९ प्रतिशत पुगेको छ । यस्तै खराब कर्जा अनुपात पनि १.९६ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ । खराब कर्जा अनुपात बढेसँगै बैंकले इम्पेयरमेन्ट चार्ज ६४ करोड ८३ लाखबाट बढाएर १ अर्ब २ करोड पुर्याएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८.३५ रुपैयाँबाट घटेर १६.५४ रुपैयाँमा सीमित बनेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८८.५९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १३५.५६ रुपैयाँ, पीई रेसियो २६.६० गुणा र तरलता अनुपात ३७.३२ गुणा कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.