काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको खुद नाफा ४३.९१ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्म कम्पनीले जम्मा १६ लाख ५७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा झण्डै आधा कम हो । अघिल्लो आवमा नेपाल माइक्रो इन्स्योरेन्सले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमााएको छ थियो ।
सो अवधिसम्म कम्पनीले ७ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । यो प्रिमियम रकम अघिल्लो आवको तुलनामा ३१०.३६ प्रतिशत बढी हो । यता कम्पनीको लगानी आम्दानी घटेका कारण नाफामा संकुचन देखिएको हो । कम्पनीको यस्तो आम्दानी १३.०६ प्रतिशतले घटेर ३ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ ।
यसका साथै कम्पनीले गत आवमा ५ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यो दाबी भुक्तानी रकम अघिल्लो आवको तुलनामा ७०७.५४ प्रतिशत बढी हो । अघिल्लो आवमा यो कम्पनीले जम्मा ६६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको थियो ।
कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेकोमा बीमा कोषमा १७ करोड १९ लाख र महाविपत्ती कोषमा ४ लाख रुपैयाँ मात्रै संचित रहेको छ । कम्पनीको ईपीएस सो अवधिसम्म ०.३४ रुपैयाँ घटेर ०.२२ रुपैयाँ कायम भएको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ९९.८६ रुपैयाँ र कायम पोलिसी संख्या १ लाख ६ हजार ५५३ रहेको छ ।