मंगलवार, जेष्ठ ५,२०८३ 07:29:21
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:29:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमा कम्पनीहरुबाट सरेण्डरमार्फत बाहिरियो रु.१५.१५ अर्ब, नविकरण नभएको पोलिसी रकम रु.३५ अर्ब

Laxmi Sunrise Bank Limited
जीवन बीमा कम्पनीहरुबाट सरेण्डरमार्फत बाहिरियो रु.१५.१५ अर्ब, नविकरण नभएको पोलिसी रकम रु.३५ अर्ब
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमालेख समर्पण (पोलिसी सरेण्डर)मार्फत १५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुबाट १ लाख ८ हजार २३८ वटा बीमालेख बराबरको १५ अर्ब १५ करोड २१ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।  

सरेण्डर भएको रकम अघिल्लो आवको अन्त्यसम्मको तुलनामा ११.६० प्रतिशत बढी हो, भने पोलिसी संख्या भने २.७८ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमकहरुबाट १ लाख ११ हजार ३३६ वटा बीमालेख बराबरको १३ अर्ब ५७ कराड ६९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएका थिए ।  

Bizshala
New Office
CG Motors

जीवन बीमकहरुबाट यसरी मासिक दरमा एक अर्ब रुपैयाँभन्दा बढी सरेण्डरमार्फत बाहिरिएको देखिएको छ । कम्पनीहरुको व्यवसायसँगै सरेण्डर रकम पनि उत्तिकै बढ्नुले जीवन बीमा क्षेत्रमा यसको प्रभाव पर्ने देखिन्छ ।  

सरेण्डर दर घटाउन जीवन बीमक तथा नियामक निकाय बीमा प्राधिकरणले अनकेन योजना तथा नीतिहरु ल्याएपनि यस्तो दर झनै बढ्दै गइरहेको छ ।  

कम्पनीहरुमा पोलिसी सरेण्डर रकमसँगै व्यतित भएका बीमालेख रकम पनि उत्तिकै बढ्दै गएको छ । प्राधिकरणका अनुसार अघिल्लो आवको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुमा व्यतित भएको बीमालेख रकम ३४ अर्ब ३ करोड ७१ लाख रुपैयाँ रहेकोमा गत आवको अन्त्यसम्म २।४४ प्रतिशतले बढेर ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।  

गत आवमा व्यतित बीमालेख संख्या १२ लाख ४३ हजार ३६५ वटा बीमालेख व्यतित भएका हुन् । यो संख्या अघिल्लो आवको तुलनामा ७।३४ प्रतिशत बढी हो । अघिल्लो आवमा ११ लाख ५८ हजार २९९ वटा बीमालेख व्यतित भएका थिए ।  

यस हिसाबमा जीवन बीमा कम्पनीहरुमा गत आवको अन्त्यसम्म सरेण्डरमार्फत बाहिरिएको रकम र नविकरण नभएको बीमालेख रकम गरी कुल ५० अर्ब १६ करोड रुपैयाँ खेर गएको छ ।  

सरेण्डरमार्फत बाहिरिएको १५ अर्ब १५ करोड रकम भन्दा जीवन बीमा कम्पनीहरुमा नविकरण नभएको रकम ३५ अर्ब एक करोड रुपैयाँ २.३१ गुणा बढी हो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.