काठमाण्डौ । भारतको मुत्तृट फाइनान्स लिमिटेडले आफ्नो नाममा रहेको नबिल बैंक लिमिटेडको झण्डै १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको रहेको बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ ।