काठमाण्डौ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा भदौ ३१ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको कम्पनीको सभाहलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८१÷८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहको तर्फबाट मनोनित सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।