मंगलवार, भाद्र १०,२०८२ 07:12:36
  • मंगलवार, भाद्र १०,२०८२ 07:12:36
Global IME Bank Limited

आइजिनको विषयलाई छिट्टै टुङ्गो लगाउँदै धितोपत्र बोर्ड

Hyundai Nepal
आइजिनको विषयलाई छिट्टै टुङ्गो लगाउँदै धितोपत्र बोर्ड
Shivam Cement

काठमाण्डौ । पछिल्लोपटक निकै चर्चामा रहेको आइजिनको विषयलाई धितोपत्र बोर्डले छिट्टै टुङ्गो लगाउने भएको छ । सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाए पछि यो विषयले निकै चर्चा पाएको छ ।  

धितोपत्र बोर्डका प्रबक्ता निरञ्जय घिमिरेले दिएको जानकारी अनुसार यस विषयमा बोर्ड लगभग टुङ्गोमा पुगेको छ । अब बस्ने बोर्ड बैठकमा यो विषयलाई पनि एजेण्डाको रुपमा समाबेश गरिनेछ । सस्थापक सेयर लगानीकर्ता र सर्वसाधारण सेयर लगानीकर्ताहरुबीच आइजिनको विषयले निकै चर्चा पाएको छ ।  

सर्वसाधारण सेयर लगानीकर्ताहरु २ वटा आइजिन हुनु पर्ने पक्षमा रहेका छन् । सर्वसाधारण लगनीकर्ताहरुले लक इन पिरियड खुल्नु अघिनै संस्थापक सेयर बेच्ने गरेको आरोप लगाएका छन ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सीडीएससीले पठाएको २ वटा आइजिनको उपयुक्त भएकाले यसलाई बोर्डले पास गर्नु पर्ने लगानीकर्ताहरुको तर्क रहेको छ  

के छ सीडीएसीको निर्देशिकामा ?

सीडीएससीले तयार पारेको धितोपत्र आभौतिकरण निर्देशिका २०८२ मा अब सर्वसाधारणमा जाने सबै कम्पनीेहरुले लकइन अवधिभर २ वटा आइजिन अनिबार्य गरेको छ । तर लकइन अवधि सकिए पछि कम्पनीहरुले साधारण सभाको बैठक बसी धितोपत्र बोर्डको स्वीकृति लिएर एउटै आइजिन बनाउन सक्नेछन ।  

जसको लागि सर्वसाधरणहरुलाई जानकारी दिन २ पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने पनि निर्देशिकमा उल्लेख छ । त्यसैगरि उक्त निर्देशिकाको दफा ७ को उपदफा २ मा भनिएको छ, ‘यस निर्देशिकामा लागू हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रमा एउटै आइजिन दिइ लक इन अवधि समाप्त नभएको धितोपत्रको समेत यस निर्देशिका लागू भए पश्च्यात फरक–फरक आइजिन हुनेछ ।’

हाल एउटै आइजिन भएका तर लक इन अवधि नसकिएका कम्पनीहरुलाई समेत यस निर्देशिकाले छुने छ । यद्यपी धितोपत्र बोर्डले यस विषयमा के निणर्य लिन्छ भन्ने विषय खुल्न सकेको छैन ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.