काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १४.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २२ लाख ५३ ह जार २५४ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा २ अर्ब ५२ करोड ७० लाख २६ हजार रुपैयाँ बराबरको २ करोड ५२ लाख ७० हजार २६० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा करिब १५ गुणा बढी आवेदन हो ।
कम्पनीले भदौ १६ गतेदेखि १७ लाख १ हजार ५०० कित्ता सेयर सर्वसाधारणहरुका लागि खुल्ला गरेको हो । अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
कम्पनीको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा भाग्यमानी १ लाख ७० हजार १५० आवेदकले प्राप्त गर्नेछन् । यस हिसाबमा आवेदन परेको कुल आवेदकमध्ये २० लाख ८३ हजार भन्दा बढी आवेदकको हात खाली हुने निश्चित छ ।