सोमबार, भाद्र २३,२०८२ 05:08:08
  • सोमबार, भाद्र २३,२०८२ 05:08:08
Global IME Bank Limited

कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

Hyundai Nepal
कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त
Shivam Cement

काठमाण्डौ । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडकले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने ७० प्रतिशतले हुने रकम हाल धितोपत्र बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशनहरु तथा निर्देशिकाहरुको अधिनमा रही विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीहरुमा, विभिन्न उर्जा कम्पनीहरुमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आईरहेको छ ।  

आज भएको सो सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.