मंगलवार, जेष्ठ ५,२०८३ 03:45:34
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:45:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जेनजी प्रदर्शनको खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित

Laxmi Sunrise Bank Limited
जेनजी प्रदर्शनको खबर अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताका साथ प्रकाशित
Shivam Cement

काठमाण्डौ । राजधानी काठमाण्डौमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनको अन्तर्राष्ट्रिय मिडियामा चर्चा भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आज भएको उक्त प्रदर्शनलाई प्राथमिकता दिदै समाचार सम्प्रेषण गरेका छन् ।  

समाचार एजेन्सी एपीले सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै हजारौं युवाले संसद भवन घेरेर आन्दोलन गरेको लेखेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै बीबीसी हिन्दीले पनि संसद भवन बाहिर भएको विशाल प्रदर्शन नियन्त्रण भन्दान बाहिर गएसँगै नेपालमा कर्फ्यु लगाएको भन्दै समाचार प्रकाशित गरेको छ । राजनीतिक भ्रष्टाचारको मुद्दा उठाउदै र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै विरोध प्रदर्शन भएको बीबीसी हिन्दीले लेखेको छ ।  

यस्तै रोयसर्टले पनि नेपालमा आज भएको जेन–जी समूहको आन्दोलनलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । ‘सामाजिक सञ्जाल बन्द गर्ने नेपाल सरकारको निर्णय र देशमा बढ्दो भ्रष्ट्राचारको विरोधमा संसद भवन लक्षित गर्दै आन्दोलन भएको छ । उक्त प्रदर्शनमा युवाहरुको जमातले संसद भवन छिर्न खोजेका छन् । यसका साथै अधिकारीहरुले संसद भवन क्षेत्र आसपास कर्फ्यु जारी गरेका छन्,’ रोयटर्सले लेखेको छ ।  

न्यूयोर्क टाइम्सले पनि नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति विशाल युवालं संसद घेर्दै प्रदर्शन गरेको र उक्त क्रममा सयौं घाइते भएको लेखेको छ । 

यस्तै इन्डिपेन्डेन्ट, हिन्दुस्तान टाइम्स, विइन्क न्यूज,इण्डिया टुडे, आजतक लगायतका मिडियाले समेत आजको विरोध प्रदर्शनको खबर प्रकाशित गरेका छन् । 

भारतका अन्य विभिन्न मिडियाले समेत जेन जी समूहको विरोध प्रदर्शनको बारेमा खरब प्रकाशित गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.