काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा क्यापिटल म्याक्स सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ६० करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४३.२७ प्रतिशत सेयर खरिद भएको छ भने ५६.७३ प्रतिशत सेयर बिक्री भएको छ ।
