काठमाण्डौ । जेन जीको आन्दोलन उग्र भई नियन्त्रणबाहिर पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
ओली सचिवालयका एक सदस्यका अनुसार उनले राजीनामा दिएका हुन् । यसको औपचारिक जानकारी केहीबेरपछि दिइने तयारी भएको छ ।
ओली नेतृत्वको सरकारको क्रूर दमनबाट सोमबार प्रदर्शनमा उत्रिएका जेनजीमाथि जथाभावी गोली प्रहार हुँदा २० जना बढीको मृत्यु भएको छ ।
घटनाको विरोधमा आज बिहानैदेखि देश ठप्प पारिएको छ । नेताहरुको घर घरमा आगजनी र तोडफोड भएका छन् । काठमाण्डौकै कैयन प्रहरी कार्यालयहरु खालि भएका छन् । प्रहरी कार्यालय छाडेर हिँडेका छन् ।
