काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले आईपीओ निष्कासनको तयारी सुरु गरेको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा असोज २५ गते भक्तपुरको राधे राधेमा रहेको हेरिटेज प्यालेसमा आयोजना हुनेछ ।
सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।