काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिक महिनामा समाप्त हुने भएको छ । उक्त मितिमा कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।
कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।
कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र कर्मचारीका लागि छुट्टाइएको सेयर लक इनमा राख्ने व्यवस्था रहेको छ ।
कम्पनीको सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।