• बिहीबार, आश्विन ९,२०८२ 02:18:07
Global IME Bank Limited

ग्रीन लाइफ हाईड्रोपावरले हकप्रद जारी गर्ने, एकैपटक डाक्यो तीन आवको साधारण सभा

Hyundai Nepal
ग्रीन लाइफ हाईड्रोपावरले हकप्रद जारी गर्ने, एकैपटक डाक्यो तीन आवको साधारण सभा
Shivam Cement

काठमाण्डौ । ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नेृ भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औंं, १४ औं र १५ औं साधारण सभा एकैपटक डाकेको हो ।  

उक्त सभा आगामी कात्तिक १८ गते बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा हाल कायम रहेको जारी तथा चुक्तापूँजीबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेृ, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यसका साथै आव २०७८/७९, २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गररी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित उक्त अवधिको नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।  

सभामा सञ्चालक नियुक्तीको अनुमोदन र सर्वसाधारण समूहबाट बाँकी अवधि प्रतिनिधित्व गर्न सञ्चालक चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.