काठमाण्डौ । सुनको मूल्य हालसम्मकैृ उच्च कायम भएको छ । अघिल्लो दिनको रेकर्ड ब्रेक गर्दै आजपनि सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार ५ सय रुपैयाँले महङ्गिएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउमा ७ हजार ४ सय रुपैयाँको बढोत्तरी आएको थियो ।
यसैगरी आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ९६० रुपैयाँ कायम भएको छ ।