काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबारर सम्पन्न १९ औं वार्षिक साधारण सभा पछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
आचार्य यस भन्दा अगाडी पनि बैंकको अध्यक्ष पदमा नै थिए ।
बैंकको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।