शुक्रबार, असार १९,२०८३ 09:09:19
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:09:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

Laxmi Sunrise Bank Limited
नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

काठमाण्डौ । जगदम्बा मोटर्स प्रालिअन्तर्गत रहेको नेपालको अग्रणी ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । यो उद्घाटनले कम्पनीको तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको कम्पनीको भनाई छ ।

उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ, जसमा दशैंअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएका छन् । यसले सो क्षेत्रमा ग्राहकहरूको बढ्दो विश्वास र उत्साहलाई स्पष्ट रूपमा देखाएको छ ।

New Office
CG Motors
Garima Development Bank

भव्य उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तिहरू र समुदायका प्रतिनिधिहरू उपस्थित थिए । नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउनेछन् । यस शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ ।

शोरुमको उद्घाटन मुख्य अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आर्यालले गरेका थिए । कार्यक्रममा अन्य प्रतिष्ठित व्यक्तिहरू र सञ्चार माध्यमका प्रतिनिधिहरू पनि उपस्थित थिए, जसले प्रोटन इमस ७ प्रति आफ्नो रुचि व्यक्त गरेका थिए ।

अघिल्लो साँझ आयोजित प्रि–उद्घाटन वितरण समारोहमा ग्राहकहरूको अत्यधिक उत्साह देखिएको थियो । सो अवसरमा कैयौं इमास ७ का मालिकहरुले आफ्ना अनुभवहरू साझा गरेका थिए, जसले त्यहीँ अवसरमा नयाँ बुकिङहरूलाई उत्प्रेरित गरेको थियो ।

यस अवसरमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, ‘हाम्रो बुटवल शोरुमको उद्घाटनले प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिश विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउँछ । हामीलाई बुटवलका मानिसहरूले हाम्रो सफा र स्मार्ट गतिशील भविष्यको दृष्टिकोणलाई अंगिकार गरेकोमा गर्व छ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.