बुधबार, असार १७,२०८३ 03:12:01
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:12:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भोल्यूम ड्राई अप भएको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

Laxmi Sunrise Bank Limited
भोल्यूम ड्राई अप भएको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने  ?

काठमाण्डौ। आज सेयर बजार दिनभर जस्तो उतारचढावपूर्ण रह्यो । इन्ट्रा डेमा बढेर २५५३ सम्म पुगेको बजार अन्त्यमा १९ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घट्यो ।  

अघिल्लो दिन करिब ५ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ३६ करोडबराबरको कारोबार भयो  । बजार घट्दा कारोबार पनि घट्दै जानुले बिस्तारै बिक्रीकर्ता पछि हट्दै गरेको मान्न सकिन्छ । अथवा लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा रहेका पनि हुन सक्छन् ।  

New Office
CG Motors
Garima Development Bank

प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो कारोबारमा बनेको ह्याम्मर प्रकृतिको क्याण्डललाई भ्यालिड पनि गर्न सकेन भने इन्भ्यालिड पनि गर्न नसकेको अवस्था रहेको देखिन्छ ।  

यसले पनि लगानीकर्ताहरु तीव्र अन्यौलतामा रहेको बुझिन्छ । यद्यपी हालको बजार अहिले महत्वपूर्ण सपोर्ट जोनमा रहेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आगामी दिनमा बजार घटेमा क्रमश २५००,२४८० र २४५६ मा सपोर्ट रहेको छ भने बढेमा क्रमशः २५६० , २५९८ र २६६० मा प्रतिरोध रहेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.