काठमाण्डौ । शिवश्रि हाइड्रोपावरले निश्कासन गरेको हकप्रद सेयर नबिकेपछि ठूलो परिमाण अक्सनमा ल्याइएको छ ।
यो हाइड्रोपावर कम्पनीले २०८२ भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयरको बिक्री खुलाएको थियो । तर सबैले आवेदन नदिएपछि सर्वसाधारण समूहतर्फको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद अक्सनमा ल्याइएको हो ।
सो कम्पनीको हकप्रद सेयर बिक्रीका लागि प्रबन्धकको काम गर्दै आएको सिटिजन्स क्यापिटल लिमीटेडका अनुसार नबिकेको हकप्रदका लागि शिलबन्दी बोलपत्र पेश गर्ने सुरु मिति २०८२ कात्तिक २० गते तोकिएको छ । इच्छुकले कात्तिक २७ गतेभित्र त्यस्तो गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।
अक्सनमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ राखिएको छ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुकले काठमाण्डौको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटलको मुख्य कार्यालय तथा सिटिजन्स बैंकका कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, विर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौडास्थित शाखा कार्यालयबाट समेत शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

