बुधबार, असार १७,२०८३ 12:52:48
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:52:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालिका पावरको नाफामा सामान्य गिरावट, ईपीएस १९.४० रुपैयाँ

Laxmi Sunrise Bank Limited
कालिका पावरको नाफामा सामान्य गिरावट, ईपीएस १९.४० रुपैयाँ

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

 कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा भने कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३३ लाख आर्जन गरेको थियो । कम्पनीले यो अवधिसम्म ३ लाख २४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च १८ लाख ४४ हजार रुपैयाँ र वित्त खर्च ११ लाख १५ हजार रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको रिटेन्ड अर्निङ १७ करोड १८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म भने १४ करोड २८ लाखमा सीमित थियो ।      

यो अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १५ करोड ५६ लाख र कुल चालु दायित्व ६५ लाख २९ हजार रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २१.११ रुपैयाँबाट घटेर १९.४० रुपैयाँ कायम भएको छ । यस्तैकम्पनीको प्रतिसेयर नेटवर्थ ११८.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३.८८ रुपैयाँ, तरलता अनुपात २३.८४ प्रतिशत र मूल्य आम्दानी अनुपात २७.७२ गुणा कायम छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.