आईतवार, जेष्ठ ३,२०८३ 03:22:00
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:22:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यूएईले लिन थाल्यो भिजिट भिसाको आवेदन, कामदार भिसा खुल्ने समेत अनिश्चित

Laxmi Sunrise Bank Limited
यूएईले लिन थाल्यो भिजिट भिसाको आवेदन, कामदार भिसा खुल्ने समेत अनिश्चित
Shivam Cement

काठमाण्डौ । करिब दुई महिनादेखि रोकिएको संयुक्त अरब इमिरेट्स (यूएई)को भिजिट भिसा आवेदन प्रक्रिया पुनः खुला भएको छ। बिहीबारदेखि यूएई सरकारले नयाँ आवेदन लिन सुरु गरेको हो।

Bizshala
New Office
CG Motors

केही ट्राभल एजेन्सीका सञ्चालकहरुले बिहीबारदेखि यूएईले भिजिट भिसा आवेदन लिन थालेको बताएका छन् । तर, रोजगारी (वर्किङ) भिसा भने अझै खुलाइएको छैन ।  

यूएई सरकारले यो विषयमा औपचारिक सूचना न त दूतावासमार्फत दिएको छ, न त सार्वजनिक विज्ञप्ति नै जारी गरेको छ।

यूएईले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि भिजिट र वर्किङ भिसा रोक गरेको थियो। उक्त घटनामा जेलबाट कैदीहरू फरार भएपछि सरकारले अस्थायी रूपमा नेपालीहरूका लागि भिसा नदिने निर्णय गरेको थियो।

नेपालका लागि यूएई प्रमुख वैदेशिक रोजगारी गन्तव्य हो। 

Garima Development Bank
Shivam Cement
IME remit

औपचारिक रोजगारी भिसाबाहेक भिजिट भिसाको सहारामा पनि दैनिक करिब २०० जना नेपाली यूएई जाने गरेको अनौपचारिक तथ्यांकले जनाउँछ।

भिजिट भिसा पुनः सुरु भएपछि पर्यटन तथा पारिवारिक भ्रमणका लागि यूएई जान इच्छुक नेपालीहरूका लागि यो सकारात्मक खबर बनेको छ। तर, रोजगारीका लागि भिसा कहिले खुल्ने भन्ने विषयमा भने अझै स्पष्टता आएको छैन।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.