आईतवार, जेष्ठ ३,२०८३ 05:09:00
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:09:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१४ वर्षपछि फेरि विश्वको ‘नम्बर वान स्मार्टफोन’ बन्ने होडमा एप्पल, आईफोन १७ को बिक्रीका कारण सामसुङलाई पछि पार्ने प्रक्षेपण

Laxmi Sunrise Bank Limited
१४ वर्षपछि फेरि विश्वको ‘नम्बर वान स्मार्टफोन’ बन्ने होडमा एप्पल, आईफोन १७ को बिक्रीका कारण सामसुङलाई पछि पार्ने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । एक दशकपछि सामसुङलाई पछि पार्दै एप्पल फेरि विश्वको नम्बर १ स्मार्टफोन ब्राण्ड बन्न सक्ने एक रिपोर्ट सार्वजनिक भएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्टका अनुसार यसको कारण आईफोन १७ सिरिजको तिब्र गतिमा बढ्दो बिक्री हुनेछ । यसअघि सन् २०११ मा एप्पलले नम्बरमा परेको थियो ।

अनुसन्धानका अनुसार सेप्टेम्बरमा लन्च गरिएको आईफोन १७ सिरिजले अमेरिका र चीन दुवै बजारमा निकै राम्रो प्रतिक्रिया पाएरहेको छ । जसका कारण एप्पलको बिक्रीमा तीव्र वृद्धि भएको छ । यसबाहेक अमेरिका–चीन व्यापार तनावमा आएको कमी र डलरको कमजोरीले पनि प्रमुख बजारमा आइफोनको खरिद बढेको छ ।

काउन्टरपोइन्टले अनुमान गरेको छ कि सन् २०२५ मा आईफोनको बिक्री १० प्रतिशतले बढ्नेछ, जबकि सामसुङको वृद्धि मात्र ४.६ प्रतिशत रहनेछ। यो वृद्धिसँगै एप्पलले सामसुङलाई पछि पार्दै यो वर्ष नम्बर १ स्थानमा आउने काउन्टरपोइन्टले प्रक्षेपण गरेको छ । सन् २०२५ मा विश्वव्यापी स्मार्टफोन बजार ३.३ प्रतिशतले बढ्नेछ र एप्पलको सेयर १९.४ प्रतिशत पुग्न सक्छ। एप्पल पछिल्लो पटक २०११ मा विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेको थियो।

Bizshala
New Office
CG Motors

काउन्टरपोइन्ट विश्लेषक याङ वाङले आईफोन १७ को सफलताको मुख्य कारण कोभिड अवधिमा फोन किनेका उपभोक्ताहरूले अहिले आफ्नो फोन अपग्रेड गर्न थालेका छन् । ३५८ मिलियन सेकेन्ड ह्यान्ड आईफोन एस २०२३ र २०२५का बीचमा बिक्री हुने अपेक्षा गरिएको छ, प्रयोगकर्ताहरू आगामी केही वर्षहरूमा नयाँ आईफोन मोडेलहरूमा सर्ने सम्भावना छ।

Garima Development Bank
Shivam Cement
IME remit

प्रतिवेदनमा एप्पलको पहुँच आगामी वर्षहरूमा अझ बलियो हुन सक्ने समेत बताइएको छ । फोल्डेबल आईफोन र बजेट आईफोन १७ ई २०२६ मा लन्च हुने अपेक्षा गरिएको छ, जबकि कम्पनीले २०२७ मा डिजाइनमा ठूलो परिवर्तन ल्याउने तयारी गरिरहेको छ। यी सबै कारणहरूका लागि, काउन्टरपोइन्टले एप्पलले सन् २०२९ सम्म नम्बर वान स्मार्टफोन ब्रान्ड बन्ने छ।

एप्पलले गत महिना बिक्री अपेक्षित भन्दा छिटो बढिरहेको र कम्पनीको हेलिडे क्वाटरको कमाई लगभग १४० बिलियन डलर पुग्ने अनुमान गरेको थियो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.