कठमाण्डौ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एनआई३१ नामक योजनाका ईकाइहरुको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएकोे छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजनामा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै, एनआई३१ का ईकाइहरु कठमाण्डौको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईटमार्फत खरिद/बिक्री गर्न सकिने जनाएको छ ।
इच्छुक लगानीकर्ताहरुले एसआईपीमार्फत पनि एनआई३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम १ हजारमा एसआईपी मार्फत एनआई३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

