काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब २३ करोड रुपैयाामाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा ६३ करोड ६७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.१६ प्रतिशत सेयर खरिद भएको छ भने ४९.८४ प्रतिशत सेयर बिक्री भएको छ ।


