शनिबार, जेष्ठ २,२०८३ 09:33:45
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:33:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अध्यक्षको राजीनामासहितका ५ बुँदे माग राख्दै सेबोनका कर्मचारी फेरि आन्दोलनमा उत्रिने, ५ दिने अल्टिमेटम

Laxmi Sunrise Bank Limited
अध्यक्षको राजीनामासहितका ५ बुँदे माग राख्दै सेबोनका कर्मचारी फेरि आन्दोलनमा उत्रिने, ५ दिने अल्टिमेटम
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै पुनः पुरानै शैलीमा आन्दोलन चर्काउने भएका छन् ।  

कर्मचारीहरुसँग भएको सहमति कार्यान्वयनमा बोर्ड अध्यक्ष श्रेष्ठले ठोस पहल तथा समन्वयकारी भूमिका खेलेको नदेखिएको भन्दै उनको अबिलम्ब राजीनामा माग्दै पुनः सबै काम ठप्प पारी आन्दोलन थाल्ने घोषणा गरेका हुन् । 

Bizshala
New Office
CG Motors

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले मंसिर २१ गते(आज) संयुक्त विज्ञप्ति तयार गरी यस्तो घोषणा गरेका हुन् ।  

कर्मचारीहरुले ५ बुँदे माग प्रस्तुत गरेका छन् । जसमा यसअघि सेबोनमा अस्तित्वमा रहेको कर्मचारी कल्याण र सुरक्षणकोष खारेजीको विषयलाई समाधान गर्ने गरी अर्थमन्त्रीबाटै समन्वय भएको र सो क्रममा मन्त्रालयदेखि सरकारको प्रतिनिधिको रुपमा रहेका बोर्ड अध्यक्ष श्रेष्ठ समेतले कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि आन्दोलनको स्वरुप फेरिएको, तर लामो समय बित्दा समेत समस्या समाधानमा सबै पक्ष उदासीन देखिएकोमा कर्मचारीहरुले रोष प्रकट गरेका छन्।

सहमतिका विषय कार्यान्वयनका लागि कर्मचारी युनियन तथा संगठनबाट तीनसाता थप समयसम्म पर्खिदा समेत कुनै ठोस प्रयास भएको नदेखिएको हुँदा, कर्मचारीहरुको माग ५ दिनभित्र पूरा गर्न दुवै संगठनले अन्तिम अल्टिमेटम दिएका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

उनीहरुले चौथो मागको रुपमा सेबोन अध्यक्षको अबिलम्ब राजीनामालाई राखेका छन् ।  

अबको ५ दिनसम्म पनि आफ्ना माग सम्बोधन नभए बोर्डका काम कारबाही सम्पूर्ण रुपमा ठप्प पारी आन्दोलनमा उत्रिने र यसबाट पूँजीबजार, अर्थतन्त्र, करिब सत्तरी लाख लगानीकर्ता, बजार सहभागी, धितोपत्र बजारमार्फत पुँजी परिचालन गर्न चाहने संगठित संस्था सबैमा पर्नसक्ने प्रतिकूल प्रभावको जिम्मेवार अर्थमन्त्रालय हुने समेत प्रष्ट पारिएको छ ।  

विज्ञप्ति यस्तो छः

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.