सोमबार, जेष्ठ ४,२०८३ 08:29:52
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:29:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुटवलमा प्रोटोन ईमासको‘एक्सचेन्ज फर एक्सेलेन्स’योजना

Laxmi Sunrise Bank Limited
बुटवलमा प्रोटोन ईमासको‘एक्सचेन्ज फर एक्सेलेन्स’योजना
Shivam Cement

काठमाण्डौ । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ ।

यो तीनदिने एक्सचेन्ज कार्यक्रम पुस १२ देखि १४ गतेसम्म (डिसेम्बर २७, २८ र २९, २०२५) बुटवलको कालिकानगरस्थित प्रोटोन ईमासको शोरुममा आयोजना हुनेछ ।

कार्यक्रम अवधिभर ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साट्न सक्नेछन् भने प्रोटोन ईमासका विद्युतीय सवारी साधनका विशेषता, सेवा, सुविधा र फाइदाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । एक्सचेन्ज कार्यक्रमका अवसरमा प्रोटोन ईमास ७ को सुरुआती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Bizshala
New Office
CG Motors

प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४९२ किलोमिटर र ५८५ किलोमिटरसम्मको एनईडीसी रेन्ज रहेको छ । साथै, यसमा आधुनिक सुरक्षा प्रविधि, आकर्षक प्रिमियम डिजाइन र ४,६१५ एमएम लम्बाइ रहेको कम्पनीले जनाएको छ।

यस विशेष एक्सचेन्ज अफरमार्फत बुटवलका ग्राहकहरूलाई आधुनिक, प्रविधिमैत्री र वातावरणमैत्री विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने लक्ष्य प्रोटोन ईमासले लिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.