मंगलवार, माघ २०,२०८२ 06:22:23
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 06:22:23
Bizshala
Global IME Bank Limited
Bizshala

एआई क्षेत्रमा उत्साह फर्किदा एशियाली सेयर बजार रेकर्डस्तर नजिक

एआई क्षेत्रमा उत्साह फर्किदा एशियाली सेयर बजार रेकर्डस्तर नजिक
Shivam Cement

काठमाण्डौ । शुक्रबार एशियाली सेयर बजार उकालो लागेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा पुनः उत्साह फर्किँदा लगानीकर्ताको मनोबल मजबुत बनेसँगै एशियाली सेयरबजारमा हरियाली छाएको हो।

उता, अमेरिकाको सकारात्मक आर्थिक तथ्यांकपछि त्यहाँ ब्याजदर कटौतीको अपेक्षा कमजोर बन्दै जाँदा अमेरिकी डलर छ हप्ताको उच्च नजिकै रहेको छ।

एमएससीआईको जापान बाहेकको एशिया–प्रशान्त सूचकांक ०.५ प्रतिशतले बढ्दै अघिल्लो सत्रमा छोएको रेकर्ड उच्च नजिकै कारोबार भएको छ। ताइवानको चिप निर्माता टीएसएमसीको उत्कृष्ट वित्तीय नतिजाले एआई सम्बन्धित सेयरमा नयाँ ऊर्जा प्रदान गरेको छ।

Bizshala
Garima Development Bank
New Office

यसैबीच, अमेरिका र ताइवानबीच भएको व्यापार सम्झौताले सेमिकन्डक्टर निर्यातमा लाग्ने धेरै भन्सार दर घटाउने, अमेरिकी प्रविधि क्षेत्रमा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ। तर, यसले चीनलाई असन्तुष्ट बनाउने जोखिम पनि देखिएको विश्लेषकहरुले बताएका छन्।

वाल स्ट्रिटमा प्रविधि र वित्तीय सेयरको मजबुत प्रदर्शनका कारण बजार बढेको छ। एशियाली सत्रमा नास्टक फ्युचर्स ०.२२ प्रतिशत र एस एण्ड पी ५०० फ्युचर्स ०.१५ प्रतिशतले उकालो लागेका छन्। आईजीका बजार विश्लेषक टोनी साइकामोरका अनुसार, टीएसएमसीको प्रतिवेदनले हालै कमजोर देखिएका एआई सेयरलाई आवश्यक विश्वास दिलाएको छ। “यो पूर्ण रूपमा उछाल ल्याउने खालको त होइन, तर बजारका लागि सकारात्मक संकेत अवश्य हो,” उनले भने।

जापानको निक्केई सूचकांक भने येन बलियो बन्दा ०।४२५ ले घट्यो। युरोपेली बजारमा युरोस्टकएक्स ५०० फ्युचर्स ०.३८ प्रतिशत र फुट्से फ्युचर्स ०.१८ प्रतिशतले ओरालो लागे, यद्यपि अघिल्लो दिन युरोपेली सेयरले रेकर्ड उच्च छोएका थिए।

मुद्रा बजारमा, अमेरिकी डलर सूचकांक ९९.३६ मा कायम छ, जुन डिसेम्बर २ पछिको उच्च स्तर नजिक हो। युरो १.१६०६ डलरमा सीमित रहँदा पाउन्ड ०.०६ प्रतिशतले घटेर १.३३७६ डलरमा कारोबार भएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

अमेरिकामा बेरोजगारी भत्ताका लागि नयाँ आवेदन अप्रत्याशित रूपमा घटेपछि श्रम बजार स्थिर देखिएको छ। इन्टरेक्टिभ ब्रोकर्सका वरिष्ठ अर्थशास्त्री जोसे टोरेसका अनुसार, यसले अप्रिलमा ब्याजदर कटौती हुने सम्भावना घटाएको छ।

सीएमई फेडवाच टुलका अनुसार, फेडरल रिजर्भले अप्रिलमा ब्याजदर यथावत् राख्ने सम्भावना ६७ प्रतिशत पुगेको छ, जुन एक महिना अघि ३७ प्रतिशत मात्र थियो। जुन महिनामा पनि दर स्थिर रहने सम्भावना बढ्दै ३७.५ प्रतिशत पुगेको छ।

येन डलरको तुलनामा ०.१ प्रतिशत बलियो भई १५८.४८ मा पुगेको छ, यद्यपि यो अझै पनि यस हप्ताको सुरुमा छोएको १८ महिनाको न्यूनतम स्तर नजिकै छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.