काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३७.८८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी १४ करोड २८ लाख खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ४५ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत ४३ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको कुल खर्च भने घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २८ करोड ७३ लाख रहेको कुल खर्च घटेर २४ करोड ८० लाखमा सीमित बनेको छ ।
कम्पनीको सञ्चित नाफा १९ करोड २५ लाख रहेको छ । जुन अघिल्लो आवमा १ करोड ८० लाखमा सीमित थियो । यस्तै कम्पनीले सेयर प्रिमियम शिर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्टाएको छ । ३५ करोड २४ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ४८ करोड ६० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१३.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.३० रुपैयाँ, तरलता अनुपात ०.७३ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.४० गुणा र रिटर्न अन इक्विटी ५.८९ प्रतिशत रहेको छ ।

