काठमाण्डौ । पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्र बराह भेन्यूमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
कम्पनीले यसअघि आईपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्दै आइरहेको छ । कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुले आयोजनाहरु सम्पन्न गरी विद्युत उत्पादन गर्दै आइरहेको छ ।

