प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभर जारी रहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म देशभर कुल ४४ लाख ५५ हजार ७९० मत खसेको छ।
हालसम्मको विवरणअनुसार मतदान प्रक्रिया अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।
मतदान प्रतिशतका हिसाबले सबैभन्दा बढी सहभागिता काठमाडौं उपत्यकामा देखिएको छ। दिउँसो १ बजेसम्म उपत्यकामा करिब ३६ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।


