काठमाण्डौ । इलाममा १ सय वर्ष कटेकी वृद्धाले मतदान गरेकी छन् । विष्णुमाया बानियाँले चुलाचुली गाउँपालिका–६ तोरीबारीस्थित गीताञ्जली आवि मा रहेको मतदान केन्द्रमा मतदान गरेकी हुन्। १०७ वर्षीया बानियाँ आफन्तको साथमा मतदान केन्द्र पुगेर दिउँसो मताधिकार प्रयोग गरेकी हुन् ।

