काठमाण्डौ । जुम्लामा आज भईरहेको मतदानमा २ बजेसम्म कुल मतदाता ४०.७४ प्रतिशतले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसबेला सम्म २९ हजार २२७ मत खसेको छ।
खसेको मतमध्ये महिला मतदाता १४ हजार ९४० र पुरुष मतदाता १४ हजार २८७ रहेका छन्। जिल्लाका ११० मतदान केन्द्रहरूमा मतदान प्रक्रिया जारी छ।

