काठमाण्डौ । डोल्पा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा दिउँसो ४ बजेसम्म कुल मतदातामध्ये ६२ प्रतिशत मत खसेको छ। जिल्लामा हालसम्म १५ हजार ४१९ मत खसिसकेको छ।
डोल्पा जिल्लामा कुल ७० वटा मतदान केन्द्र रहेका छन्। तीमध्ये जिल्ला कारागार कार्यालयको मतदान केन्द्रमा शतप्रतिशत मतदान सम्पन्न भइसकेको छ। जिल्लामा कुल मतदाता संख्या २४ हजार ११५ रहेको छ।

