काठमाण्डौ । हिमाली जिल्लामा मतपेटिका संकलन कार्यमा केही विलम्ब हुने भएको छ । हेलिकप्टरको सीमित उपलब्धताका कारण कतिपय उच्च हिमाली जिल्लामा मतपेटिका संकलन भोलिसम्ममा संकलन हुने भएको हो।
निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रका मतदानस्थलमा मतपेटिका भोलि बिहान मात्रै संकलन गरिने छ। यस क्षेत्रमा कुल १५ जिल्ला र ६१ मतदानस्थलमा मतपेटिका संकलन कार्य जारी छ।
त्यस्तै, ताप्लेजुङ, रसुवा र रुकुम पूर्वका मतपेटिका भने आजै संकलन गरिने आयोगले जनाएको छ। मतदान सामग्री संकलन तथा ढुवानीको जिम्मा नेपाली सेनाले लिएको छ।

