काठमाण्डौ । पहेँलो धातु सुनको भाउ बढेको छ ।
नेपाली बजारमा सुनको भाउ अघिल्लो कारोबारको तुलनामा प्रतितोला ३ हजार ५०० रुपैयाँले बढेको हो ।
मार्च ६ मा नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ४०० रहेकोमा आजका लागि भने ३ लाख १६ हजार ९०० तोकिएको छ ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो कारोबार दिन(मार्च ६) मा चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँ रहेकोमा बढेर आज ५ हजार ४७५ रुपैयाँको उचाईमा पुगेको छ ।

