बिहीबार, असार १८,२०८३ 05:26:54
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:26:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ वर्ष लक्षित सामसङ नेपालले ल्यायो अफर योजना, २४ महिनासम्मको एक्सटेन्डेड इएमआई र उपहार तथा आकर्षक छुट

Laxmi Sunrise Bank Limited
नयाँ वर्ष लक्षित सामसङ नेपालले ल्यायो अफर योजना, २४ महिनासम्मको एक्सटेन्डेड इएमआई र उपहार तथा आकर्षक छुट

काठमाण्डौ । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिनासम्म ‘एक्स्टेन्डेड इएमआई’ योजना ल्याएको छ । ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ भन्ने नारासहित सामसङले टिभि र होम अप्लायन्सहरुमा नयाँ वर्ष अफर ल्याएको हो ।  

यो अफर अप्रिल १ देखि मे १४ सम्म लागू हुनेछ । विश्वकै नम्बर १ भिजन एआई टिभी र बेस्पोक एआई होम अप्लायन्सहरुमा आकर्षक अफर पाइने कम्पनीले जनाएको छ ।  

यस क्याम्पेन अन्तर्गत सामसङले टिभी मा २५% सम्मका छुट वाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ। नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर रहेको कम्पनीले जनाएको छ ।  

यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको NETTV प्याकेज नि:शुल्क उपलब्ध छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६kg Surf Excel Matic पक्का उपहारको रूपमा नि:शुल्क पाइनेछ । 

New Office
CG Motors
Garima Development Bank

अब नयाँ २४ महिना EMI योजनासँग सामसंगका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन्। ग्राहकहरूले रु ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो नयाँ योजनाले १२ महिना EMI को तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ।

Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित, सामसंग इन्स्टा फाईनेन्स सेवा मार्फत ग्राहकहरूले १२ महिना EMI योजनामा ०% ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिना EMI विकल्पमा भने ७.९९% अतिरिक्त ब्याज लागू हुनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, नयाँ सामसंगटिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका अधिकृत सामसंगरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू exchange गर्न सक्छन्। अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत सामसंगस्टोरमा गई विवरण बुझ्न सक्नेछन् । 
 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.