आईतवार, जेष्ठ ३,२०८३ 01:42:34
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:42:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘ग्रेटर चितवन’ अवधारणासहित सफारी मार्ट २०२६ सम्पन्‍न

Laxmi Sunrise Bank Limited
‘ग्रेटर चितवन’ अवधारणासहित सफारी मार्ट २०२६ सम्पन्‍न
Shivam Cement

काठमाण्डौ । परम्परागत गन्तव्य प्रवर्द्धनको ढाँचाबाट बाहिरिँदै नेपालले आफ्ना राष्ट्रिय निकुञ्जहरूलाई विश्व पर्यटन बजारमा सशक्त रूपमा प्रस्तुत गरेको छ । ‘रेयर, रिमार्केबल एन्ड रेस्पोन्सिबल’ भन्ने मूल नारासहित मेघौलीमा वैशाख ११ देखि १३ (अप्रिल २४–२६, २०२६) सम्म सम्पन्न ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ ले नेपालका वन्यजन्तु पर्यटनलाई नयाँ उचाइ दिएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजनामा भरतपुर महानगरपालिका र रेजनल होटल एसोसिएसन नेपाल, चितवनको सहकार्यमा सम्पन्‍न कार्यक्रममा भारत, बंगलादेश, थाइल्याण्ड, टर्की र जर्मनीबाट गरी ३० जना भन्दा बढी विदेशी पाहुना सहभागी भएका थिए । अन्तर्राष्ट्रिय खरिदकर्ता, संरक्षणविद् तथा पर्यटन व्यवसायीहरूको सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको थियो । 

वन्यजन्तु, संरक्षण र पर्यटनलाई केन्द्रमा राख्दै आयोजित मार्टमा बीटूबी बैठक, स्थलगत भ्रमण र सांस्कृतिक प्रस्तुतिहरू समेटिएका थिए । जसले स्वदेशी तथा विदेशी सहभागीबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्‍यो ।

कार्यक्रममा विश्‍व पर्यटन मञ्‍चका अध्यक्ष बुलुट बाग्चीले पर्यटनलाई ‘ग्रिन इनर्जीको’को संज्ञा दिए । उनले भने, ‘पर्यटन देशका लागि हरियो इन्धन हो। यसले गन्तव्यमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँछ ।” उनले नेपालको भौगोलिक विविधताले सिर्जना गरेको मौसमी फरकपनलाई अद्वितीय विशेषता भन्दै छोटो दूरीमै तराई, जंगल र पहाडको अनुभव लिन सकिने पक्षलाई प्रशंसा गरे । “चितवन प्रकृति, संस्कृति र जैविक विविधताको उत्कृष्ट संगम हो,’ उनले थपे ।

Bizshala
New Office
CG Motors

 नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले पर्यटनको नयाँ दृष्टिकोण प्रस्तुत गरे । ‘आज हामी गन्तव्य मात्र प्रवर्द्धन गरिरहेका छैनौं, संरक्षण र पर्यटन सँगसँगै अघि बढ्ने दृष्टिकोणलाई पनि स्थापित गरिरहेका छौं,” उनले भने, “उत्तरदायी पर्यटन भनेको पर्यावरण संरक्षण, समुदाय सशक्तीकरण र दिगो अभ्यासलाई सुनिश्चित गर्नु हो ।’

विभिन्न संरक्षित क्षेत्रका वार्डेनहरूले आ–आफ्ना अनुभव र सम्भावनाहरू प्रस्तुत गरे । कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन भूपेन्द्र यादवले यसलाई एशियाको प्रमुख बर्डिङ गन्तव्य बनाउन सकिने बताए । ‘कोशी टप्पुमा ५३५ भन्दा बढी प्रजातिका चराहरू पाइन्छन्। यो एशियाकै प्रमुख बर्डिङ हब बन्न सक्छ,” उनले भने, “हामीले उच्च मूल्य र न्यून प्रभाव पर्ने पर्यटनमा ध्यान दिनुपर्छ ।’

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्रशेखर चौधरीले विशाल घाँसे मैदान र समृद्ध वन्यजन्तु स्रोतलाई पर्यटन विकासको आधारका रूपमा औंल्याए । पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र खतिवडाले चितवन र पर्साबीच समन्वय आवश्यक रहेको बताए । ‘चितवन र पर्साबीच प्रतिस्पर्धा छैन, सहकार्य छ। संयुक्त प्याकेजमार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पनि चितवनलाई उदाउँदो उच्चस्तरीय वन्यजन्तु गन्तव्यका रूपमा मूल्यांकन गरेका छन्। उनीहरूले नेपालको मौलिक अनुभव, व्यवस्थापन र आतिथ्यताको प्रशंसा गरे । नीतिगत र रणनीतिक विषयमा बोल्दै बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले ‘ग्रेटर चितवन’ अवधारणालाई अघि सारेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

‘हामी अब गन्तव्यको विशेषता अनुसार लक्षित बजारमा केन्द्रित हुने रणनीतिमा अघि बढिरहेका छौं,’ उनले भने, ‘ग्रेटर चितवन अवधारणाले विभिन्न गन्तव्यलाई एकीकृत गर्दै सशक्त पर्यटन सर्किट निर्माण गर्नेछ ।’ उनले सीमापार पर्यटनको सम्भावनामा जोड दिए । 

‘भारतसँगको खुला सिमाना हाम्रो ठूलो अवसर हो। कम्तीमा छवटा राष्ट्रिय निकुञ्जलाई जोडेर एकीकृत सफारी अनुभव विकास गर्ने लक्ष्य छ,” उनले भने, “सफारी पर्यटनलाई राष्ट्रिय उत्पादनका रूपमा स्थापित गर्नुपर्छ ।’

कार्यक्रममा सांस्कृतिक प्रस्तुति र स्थलगत भ्रमणले सहभागीलाई स्थानीय संस्कृति र प्रकृतिसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गर्‍यो । व्यवसायिक छलफल र अनुभवात्मक यात्राको संयोजनले कार्यक्रमलाई प्रभावकारी बनाएको देखियो । समग्रमा, वाइल्ड नेपाल सफारी मार्ट २०२६ ले नेपालको वन्यजन्तु पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपाल अब केवल गन्तव्य मात्र प्रवर्द्धन गर्ने मात्र नभएर उत्तरदायी र दिगो पर्यटनको मोडेल प्रस्तुत गरिरहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.