आईतवार, बैशाख २०,२०८३ 08:06:58
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 08:06:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ओपेक प्लसमा बन्यो तेल उत्पादन बढाउने सहमति, कार्यान्वयन भने अनिश्चित

Bizshala
ओपेक प्लसमा बन्यो तेल उत्पादन बढाउने सहमति, कार्यान्वयन भने अनिश्चित
Shivam Cement

काठमाण्डौ । तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले जुन महिनाका लागि दैनिक करिब १ लाख ८८ हजार ब्यारेलले उत्पादन लक्ष्य बढाउने सैद्धान्तिक सहमति जनाएको छ। तर अमेरिकी र इरानबीच जारी युद्ध र खाडी क्षेत्रबाट आपूर्ति अवरुद्ध भइरहेकाले यो वृद्धि व्यवहारमा तत्काल देखिने सम्भावना कम रहेको जनाइएको छ ।

यो निर्णय साउदी अरेबिया, इराक, कुवेत, अल्जेरिया, कजाकस्तान, रुस र ओमान सम्मिलित सात देशहरूको बैठकअघि आएको हो। हालै यूएई समूहबाट बाहिरिएपछि उत्पादन सम्बन्धी निर्णयमा सक्रिय राष्ट्रहरूको संख्या घटेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण स्ट्रेट अफ होर्मुज बन्द हुँदा साउदी अरेबिया, इराक, कुवेत लगायतका प्रमुख निर्यातकर्ताहरूको तेल ढुवानी प्रभावित भएको छ। यसअघि यी देशहरू मात्र उत्पादन बढाउन सक्ने अवस्थामा थिए।

युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा विश्व बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च स्तरमा पुगेको छ, प्रति ब्यारेल १२५ डलर नाघेको छ। विश्लेषकहरूले आगामी १–२ महिनामा जेट इन्धन अभाव र विश्वव्यापी मुद्रास्फीति बढ्ने चेतावनी दिएका छन्।

CG Motors
Garima Development Bank
IME remit

यद्यपि, इरानले शान्ति प्रस्ताव पठाएपछि बजारमा केही आशा देखिएको छ। यसपछि डब्लुटीआई क्रुडको मूल्य करिब ३ प्रतिशत घटेर १०१.९४ डलरमा झरेको छ भने ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशत घटेर १०८.१७ डलरमा बन्द भएको छ।

विशेषज्ञहरूका अनुसार होर्जुज जलमार्ग खुला भएपछि पनि आपूर्ति पूर्ण रूपमा सामान्य हुन केही हप्ता देखि महिना लाग्न सक्छ। त्यसैले उत्पादन वृद्धि निकट भविष्यमा प्रतीकात्मक मात्र हुने आकलन गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.