आईतवार, जेष्ठ ३,२०८३ 12:37:40
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:37:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजदेखि खुल्यो टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ

Laxmi Sunrise Bank Limited
आजदेखि खुल्यो टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओ
Shivam Cement

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तगर्तको आईपीओ निष्कासनको बिक्री आवेदन आजदेखि खुलाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको छ ।

Bizshala
New Office
CG Motors

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँबराबरको रु। १०० अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये स्वीकृत विवरणपत्र मार्फत जारी पूँजीको १० प्रतिशत अर्थात १२ करोड रुपैयाँको रु।१०० अंकित दरका १२ लाख कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थाई बसोबास गर्ने बासिन्दाहरु (भोजपुर जिल्लाको बासिन्दा) को निमित्त, सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७ सय रुपैयाँबराबरको रु।१०० अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता सेयरहरु नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात १ करोड ५१ लाख ५३ हजार ३०० रुपैयाँबराबरको रु।१०० अंकित दरका १ लाख ५१ हजार ५३३ कित्ता सेयरहरु सामूहिक लगानी कोषका योजनाहरुको निष्कासन गरेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  

यो आईपीओमा छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिल लिमिटेड रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.