मंगलवार, जेष्ठ ५,२०८३ 08:47:36
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:47:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बोर्नभिटा लगायतका पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन

Laxmi Sunrise Bank Limited
बोर्नभिटा लगायतका पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन
Shivam Cement

काठमाण्डौ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सबै ई–कमर्स कम्पनीहरुलाई आफ्नो वेबसाइट तथा प्लेटफर्मबाट बोर्नभिटासहित सबै पेय पदार्थलाई ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन दिएको छ ।  

भारतको वाणिज्य मन्त्रालयले राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको एक कानूनी अंगको जाँचका क्रममा बोर्नभिटा लगायतका पेय पदार्थहरु‘हेल्थ पेय डेफिनेशन’ नपाइएकार्ले  ‘हेल्थ ड्रिंक’को श्रेणीबाट हटाउन निर्देशन दिएको हो ।  

यसअघि गत अप्रिल २ मा भारतको ‘फुड सेफ्टी एण्ड अथोरिटी अफ इण्डिया(एफएसएसएआई)ले भारतका सबै ई–कमर्स कम्पनीहरुलाई आफ्नो वेबसाइटमा बिक्री गरिने खाद्य पदार्थहरुलाई उचित श्रेणीमा राख्न निर्देशन दिएको थियो ।  

यसका साथै एफएसएसएआईले कुनै पनि पेय पदार्थको बिक्री बढाउनका लागि हेल्थ ड्रिंक तथा इनर्जी ड्रिंक जस्ता शब्दको प्रयोग नगर्न निर्देशन दिएको थियो ।  

Bizshala
New Office
CG Motors

भारतको राष्ट्रिय बाल अधिकार संरक्षण आयोग(एनसीपीसीआर)ले गत वर्ष बोर्नभिटा बनाउने कम्पनी मोन्डेलेज इन्टरनेशनल इण्डिया लिमिटेडलाई नोटिस जारी गरेको थियो । उक्त नोटिसमा बोर्नभिटामा चिनीको मात्रा धेरै भएको र केहि यस्तो तत्व पनि भएको जसले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने बताइएको थियो । एनसीपीसीआरले कम्पनीलाई आफ्ना सबै प्रडक्टको विज्ञापन, प्याकेजिङ र लेबलको समीक्षा गर्न र त्यसलाई फिर्ता गर्न भनेको थियो ।  

भारतीय मिडिया रिपोर्टका अनुसार भारतको इनर्जी ड्रिंक र स्पोर्ट्स ड्रिंकको वर्तमान बजारको आकार ४.७ बिलियन डलर छ । जुन सन् २०२८सम्म वार्षिक ५.७१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.