आईतवार, जेष्ठ ३,२०८३ 02:16:30
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:16:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सामसुङको बजार पूँजीकरण १ ट्रिलियन डलर पुग्यो, यस्तो उपलब्धि हासिल गर्ने एशियाकै दोस्रो कम्पनी

Laxmi Sunrise Bank Limited
सामसुङको बजार पूँजीकरण १ ट्रिलियन डलर  पुग्यो, यस्तो उपलब्धि हासिल गर्ने एशियाकै दोस्रो कम्पनी
Shivam Cement

काठमाण्डौ । दिग्गज दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङको बजार पूँजीकरण १ ट्रिलियन अमेरिकी डलर पुगेको छ । कृत्रिम बौद्धिकता(एआई) चिप्सको बढ्दो मागका कारण विश्वकै ठूलो मेमोरी चिप निर्माता मध्ये एक सामसुङको सेयरमूल्यमा पछिल्लो एक वर्षमा ४०० प्रतिशतको उछाल आएको छ ।

बुधबारको कारोबारको क्रममा कम्पनीको सेयरमूल्य १५ प्रतिशतले वृद्धि भएको छ । यसका साथै ताइवानको टीएसएमसी पछि यो उपलब्धि हासिल गर्ने एशियाको दोस्रो कम्पनी बन्न पुगेको हो ।

सामसुङको सेयरमूल्यमा आएको उछालको प्रभाव दक्षिण कोरियाको सेयर बजार मापक इन्डेक्स कोस्पीमा समेत देखिएको छ । आज कोस्पी इन्डेक्स ७  हजार ४ सय विन्दुको उचाई पुग्यो ।

Bizshala
New Office
CG Motors

पछिल्लो समय सामसुङका साथ साथै हाईनिक्स र टीएसएमसी जस्ता कम्पनीहरुले विश्व एआई इकोसिस्टममा एशियालाई मुख्य केन्द्रको रुपमा स्थापति गर्न सहयोग पुर्याई रहेका छन् ।

सेमीकन्डक्टर उत्पादनमा दबदबा तथा डेटा पूर्वाधारमा बढ्दो लगानीका कारण लगानीकर्ताहरु चिप निर्मातातर्फ आकर्षित भईरहेका छन् । यही ट्रेण्डका कारण प्रविधि कम्पनीहरुको स्टकमा भारी र्याली देखिदै आएको छ ।

पछिल्लो एक महिनामा एसके हाईनिक्सको सेयर ८१ प्रतिशत र टीएसएमसीको सेयरमूल्य २१.७७ प्रतिशतले बढेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

सामसुङको मुनाफामा ४८ गुणाको भारी बढोत्तरी

यसअघि मार्च त्रैमासमा सामसुङको सेमीकन्डक्टर डिभिजनको मुनाफामा वार्षिक आधारमा ४८ गुणाको वृद्धि देखिएको थियो । एआईमा आधारित डेटा सेन्टर्सबाट प्राप्त भईरहेको बलियो माग र आकर्षक मार्जिनका कारण कम्पनीको कमाई उचाईमा पुगेको छ ।

एप्पलसँग सम्भावित साझेदारीको चर्चा

रिपोर्टका अनुसार दिग्गज अमेरिकी टेक कम्पनी एप्पल इंकले अमेरिकामा आफ्नो डिभाइसेसका लागि प्रोसेसर बनाउनका लागि सामसुङसँग साझेदारी गर्ने विषयमा छलफल गरिरहेको छ । यदि यो सम्झौताले अन्तिम रुप पायो भने टीएमसीमाथि एप्पलको लामो समयदेखिको निर्भरता कम गर्ने एउटा उत्तम विकल्प बन्न सक्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.