सोमबार, जेष्ठ ४,२०८३ 03:50:16
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:50:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाइसि प्रणाली सञ्चालनमा, यस्ता छन् अफर

Laxmi Sunrise Bank Limited
सन सेक्युरिटीजद्वारा अनलाइन भिडियो केवाइसि प्रणाली सञ्चालनमा, यस्ता छन् अफर
Shivam Cement

काठमाण्डौ । नयाँ वर्ष २०८१ को अवसरमा सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४)ले अनलाइनबाटै भिडियो केवाइसिको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।  

कम्पनीले एक नेपाली एक ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि‘मिशन०८४’अनावरण गरेको जनाएको छ ।  

वित्तिय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम भएको र त्यसका लागि डिम्याट खाता र ब्रोकर खाता अनिवार्य रहेको हुँदा कम्पनीले ४ विभिन्न आकर्षक अफरहरु ल्याएको छ । यस्ता छन् अफरः

Bizshala
New Office
CG Motors

१. लाइफटाइम डिम्याट खाता अफर   

यस अफरअन्तर्गत ग्राहकहरुले मात्र रु ६६४ मा डिम्याट खाता तथा आजीवन डिम्याट नविकरण सेवा पाउनेछन् । यससँगै ग्राहकहरुले अनिवार्य रुपमा ब्रोकर खाता समेत खोल्न पाउनेछन् ।  

२. निःशुल्क डिम्याट र मेरो सेयर अफर  

यस अफरअन्तर्गत सन सेक्युरिटिजमा कारोबार खाता खोल्ने ग्राहकहरुले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर सेवा प्राप्त गर्नेछन् ।  

३. अटोमेटिक डिम्याट तथा मेरो शेयर नविकरण अफर  

यस अफरअन्तर्गत सन सेक्युरिटिजमा कारोबार खाता तथा डिम्याट खाता खोली १ वर्ष भित्र १० पटक सेयर खरिद बिक्री गर्ने ग्राहकहरुको डिम्याट खाता तथा मेरो सेयर खाता कम्पनीले हरेक वर्ष निःशुल्क नविकरण गरिदिनेछ ।  

४. निःशुल्क BO-TO-BO

यस अफरअन्तर्गत ग्राहकहरुले सन सेक्युरिटिजमा डिम्याट खाता तथा कारोबार खाता खोली कारोबार गर्ने क्रममा अर्को डिम्याट खातामा रहेका ेआफ्नो नामको सेयर सन सेक्युरिटिजमा रहेको आफ्नो डिम्याट खातामा ट्रान्सफर गर्न चाहेमा निःशुल्क BO-TO-BO(एउटै व्यक्तिको एक डिम्याटमा भएको सेयर अर्को डिम्याटमा लैजाने प्रकृयालाई बिओ टु बिओ भनिन्छ ।) सुविधा प्रदान गरिनेछ । साथै यस सेवाका लागि काठमाण्डौ भित्र रहेका ग्राहकहरुलाई थप सेवा आवश्यक परेमा कम्पनीबाट निःशुल्क क्लियरिङ सेवा समेत प्रदान गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.