बिहीबार, असार १८,२०८३ 10:26:25
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:26:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२५.७६ लाख कित्ता आईपीओ निष्कासन, चुक्तामूल्य ९.११ अर्ब बढी

Laxmi Sunrise Bank Limited
२५.७६ लाख कित्ता आईपीओ निष्कासन, चुक्तामूल्य ९.११ अर्ब बढी

काठमाण्डौ । चालु आर्थिक वर्षको फागुनसम्म २५ करोड ७६ लाख कित्ता प्राथमिक निष्कासन (आईपीओ)भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार यस अवधिमा १ करोड १० लाख कित्ता सामूहिक लगानी कोषका इकाई, ८ करोड कित्ता हकप्रद सेयर, १२ करोड कित्ता बोनस सेयर, ९ लाख कित्ता थप निष्कासन र १ करोड ७० लाख कित्ता बराबरको संस्थागत ऋणपत्र नेप्सेमा सूचीकृत भएका छन् ।

New Office
CG Motors
Garima Development Bank

चालु आर्थिक वर्षको फागुनसम्म १४ कम्पनी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा (नेप्से) सूचीकृत भएपछि नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २८६ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्ता कम्पनीको सङ्ख्या २६८ रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२०८२ फागुनसम्म नेप्सेमा सूचीकृत सेयरको चुक्तामूल्य रु. ९ खर्ब ११ अर्ब ९९ करोड पुगेको छ। २०८१ फागुनसम्म यस्तो मूल्य रु.८ खर्ब ५७ अर्ब ५० करोड रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.