बुधबार, असार १७,२०८३ 09:26:08
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:26:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सालपा विकास बैंकले डाक्यो साधारण सभा, कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव

Laxmi Sunrise Bank Limited
सालपा विकास बैंकले डाक्यो साधारण सभा, कार्यक्षेत्र विस्तार गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । सालपा विकास बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी असार १५ गते खोटाङ जिल्लाको दिक्तेलमा रहेको शुभम फाउन्डेशनको परिसरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त सभामा बैंकको हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रयोजन लगायत अन्य संशोधनका लागि नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, फेरबदल तथा थपघट गर्न निर्देशन भएमा आवश्यकता अनुसार संशोधन थपघट गर्न सञ्चालक समिति तथा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने र सञ्चालकहरुको सेवा सुविधा पुनरावलोकन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा सञ्चालक समितिले तयार पारेको बैंकको आव २०८१/८२ को वार्षिक प्रगती प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको अनुसुचीहरुमाथि छलफल गरी नुमोदन गर्ने र आव २०८२/८३ को लागि बाहय लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आगामी कार्यकालको लागि सञ्चालक समितिको चयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको उक्त सभामा सहभागीका लागि योग्य मानिनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.