मंगलवार, श्रावण १२,२०८३ 10:57:08
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:57:08
Bizshala
Global IME Bank Limited

नेपालमै सुरु भयो अन्तर्राष्ट्रिय स्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

नेपालमै सुरु भयो अन्तर्राष्ट्रिय स्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण
New Office

काठमाण्डौ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो ।

क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक टे«निङ (क्लास) सुरु गरेको क्लासिक फिटनेश एकेडेमीका प्रबन्ध निर्देशक रोजल शाहीले जानकारी दिए ।

नेपालमा प्रशस्त जिम सेन्टरहरु खोलिएका छन् र खोलिने क्रममा छ । तैपनि भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको प्रबन्ध निर्देशक शाहीको भने ।

‘पछिल्लो समय शारीरिक स्वास्थ्यता र आफूलाई फिट एण्ड राइट राख्नका लागि जिम गर्नेहरुको जमात बढ्दै गएको छ’, निर्देशक शाहीले भने, ‘थुप्रै जिम सेन्टरहरु पनि खुलेका छन् । तर, आवश्यक दक्ष ट्रेनरहरु पाउने अवस्था छैन । त्यसैले अन्तराष्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरुमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो ।’

जिम ट्रेनर प्रशिक्षकले एसीईलगायत पाँच किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनेछन् । ईआरईपीएस फिटनेशका लागि युरोपभरी मान्यता प्राप्त छ । अन्य सर्टिफिकेटहरु पनि भारत, अमेरिकालगायतमा मान्यता प्राप्त हुनेछन् । अहिलेपनि जिम ट्रेनरको क्लास भइरहेपनि औपचारिकरुपमा भने बैशाख १७ गतेदेखि सुरु हुने बताइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.