मंगलवार, श्रावण १२,२०८३ 10:54:27
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:54:27
Bizshala
Global IME Bank Limited

अमेरिका–इरान तनाव कम हुने आशासँगै तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कतिमा झर्यो ?

अमेरिका–इरान तनाव कम हुने आशासँगै तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कतिमा झर्यो ?
New Office

काठमाण्डौ । अमेरिका र इरानबीच जारी तनाव समाधानतर्फ जाने संकेत देखिएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य मंगलबार पनि घटेको छ। विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध पुर्याएको द्वन्द्व अन्त्य हुने आशाले तेल बजारमा दबाब परेको हो।

ब्रेन्ट क्रुडको मूल्य मंगलबार बिहानसम्म प्रतिब्यारेल १.३६ प्रतिशत अर्थात १.२० डलरले घटेर प्रतिब्यारेल ८७.०८ डलरमा सीमित बनेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि १.३९ प्रतिशत अर्थात १.१५ डलरले ओरालो लागेर प्रतिब्यारेल ८१.४६ डलरमा झरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको हवाई आक्रमण अभियान अस्थायी रूपमा रोक्ने निर्णय गरेपछि सोमबार दुवै प्रमुख तेल सम्झौताको मूल्य करिब ८ प्रतिशतले घटेको थियो।

ट्रम्पले सोमबार अमेरिका र इरानबीच राम्रो वार्ता भइरहेको र समाधान निस्कने सम्भावना रहेको बताएका थिए। यद्यपि, वार्ता असफल भएमा अमेरिकाले पुनः सैन्य कारबाही सुरु गर्न सक्ने चेतावनी दिएका छन्। इरानले पनि आवश्यक परे जवाफी कदम चाल्ने बताएको छ।

हालका लागि कूटनीतिक समाधानको सम्भावनाले तेलको मूल्यमा देखिएको दबाब कम गरेको बताइएको छ।

यसैबीच, यमनका हुथी विद्रोही समूहले लाल सागर क्षेत्रको बाब अल–मन्देब जलमार्गमा इरानले हर्मुज जलमार्गमा राखेको प्रभावजस्तै नियन्त्रण कायम गर्ने प्रयास गर्न सक्ने चेतावनी दिइएको छ।

लाल सागर र हर्मुज जलमार्ग हुँदै हुने तेल तथा व्यापारिक गतिविधि उल्लेखनीय रूपमा घटेको छ। एसियाली बजारमा माग घट्नु पनि तेलको मूल्य उच्च हुन नदिने प्रमुख कारण रहेको बताइएको छ ।

तेलको मूल्यमा थप दबाब रूसको ब्ल्याक सी तटस्थित क्यास्पियन पाइपलाइन कन्सोर्टियम टर्मिनलबाट पुनः तेल लोडिङ सुरु भएपछि परेको छ। युक्रेनी ड्रोन आक्रमणपछि एक साताका लागि रोकिएको तेल निर्यात गतिविधि फेरि सञ्चालनमा आएको हो।

तर, मध्यपूर्वमा आपूर्ति अवरोधको जोखिम अझै कायम रहेको छ। साउदी अरबले पेट्रोलियम पूर्वाधारलाई लक्षित गरी प्रहार गरिएका ड्रोन खसालेको जनाएको छ। ती ड्रोन इरान समर्थित सशस्त्र समूहले इराकबाट प्रक्षेपण गरेको साउदी दाबी छ।

यमनस्थित इरान समर्थित हुथी समूहले पनि साउदी अरबको मुख्य लाल सागर बन्दरगाह यान्बुसम्म तेल पुर्‍याउने इस्ट–वेस्ट पाइपलाइनलाई लक्षित गरेको जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.