काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा दिवस राज ओली नियुक्त भएका छन् । संस्थाको जेठ २८ गते बसेको ११८ औं सञ्चालक समिति बैठकले ओलीलाई संस्थाको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
उनी हाल संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनलाई असार १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि उक्त पदको जिम्मेवारी सुम्पिएको संस्थाले जनाएको छ ।

