सोमबार, श्रावण ११,२०८३ 12:17:49
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 12:17:50
Bizshala
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ५६ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो ?

सुनको मूल्य एकैदिन ५६ डलरले घट्यो, प्रतिऔंस कति पुग्यो ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य दुई साताको उच्च स्तरबाट तल झरेको छ। लगानीकर्ताहरू अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड)को जुन महिनाको बैठकको विवरण सार्वजनिक हुने प्रतीक्षामा रहेकाले बजारमा सावधानी देखिएको हो।

उक्त विवरणले फेडका नयाँ अध्यक्ष केभिन वार्शको मौद्रिक नीतिको दिशाबारे थप संकेत दिने अपेक्षा गरिएको छ।

यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.३१ प्रतिशत अर्थात ५६ डलरले घट्दै प्रतिऔंस ४ हजार १२६ डलर कायम भएको छ । विश्लेषकहरूका अनुसार पछिल्लो गिरावट बजार स्थिर हुने प्रक्रियाको हिस्सा हो। लगानीकर्ताहरू अब फेडको छोटो अवधिको ब्याजदर नीतिबारे स्पष्ट संकेत खोजिरहेका छन्। सुनको मूल्यमा हाल आधार तयार हुने संकेत देखिएको छ र बजारले फेडको निर्णयबाट नयाँ दिशा खोजिरहेको विश्लेषकहरुको भनाई रहेको छ ।

फेडको जुन १६–१७ मा भएको बैठकको विवरण बुधबार सार्वजनिक हुँदैछ। नयाँ अध्यक्ष वार्शको पहिलो बैठकमा विगतमा प्रयोग हुँदै आएको सम्भावित ब्याजदर समायोजनसम्बन्धी स्पष्ट संकेत हटाइएको थियो। यसले केन्द्रीय बैंकलाई बदलिँदो आर्थिक अवस्थाअनुसार छिटो निर्णय लिन सहज हुने तर्क गरिएको छ।

तर फेडका गभर्नर क्रिस्टोफर वालरले भने उपयुक्त परिस्थितिमा भविष्यको नीतिगत संकेत प्रभावकारी उपकरण हुन सक्ने बताएका छन्।

यस वर्षको सुरुवातमा बनाएको रेकर्ड उच्च स्तरबाट सुनको मूल्य २५ प्रतिशतभन्दा बढी घटिसकेको छ। अमेरिकी–इजरायली द्वन्द्वले मुद्रास्फीति बढ्ने चिन्ता, अमेरिकी डलरको मजबुती र ब्याजदर बढ्ने अपेक्षाले यसअघि सुनमा दबाब सिर्जना गरेको थियो। पछिल्लो समय युद्धविरामको सम्भावना र कमजोर अमेरिकी रोजगारी तथ्यांकले भने ब्याजदर वृद्धिको सम्भावना केही कम गरेको छ।

बजार सहभागीहरूले सेप्टेम्बरमा ब्याजदर वृद्धि हुने सम्भावना करिब ५६ प्रतिशत रहेको अनुमान गरेका छन्, जुन कमजोर रोजगारी तथ्यांकअघि ६० प्रतिशतभन्दा माथि थियो। सामान्यतया ब्याजदर कम हुँदा प्रतिफल नदिने सम्पत्ति भए पनि सुन लगानीकर्ताका लागि आकर्षक बन्ने गर्छ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २.४८ प्रतिशत अर्थात १.५५ डलरले घट्दै प्रतिऔंस ६१ डलरमा सीमित बनेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.