सोमबार, मंसिर १५,२०८२ 10:44:00
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 10:44:00
Bizshala
Global IME Bank Limited

सेयर लगानीकर्ताको आन्दोलन एकदिनमै स्थगन, ‘उधारो आश्वासनमा नेतृत्व भूल्यो’

उपेन्द्र पाठक भन्छन्-'सरकारको अनुरोध मान्यौं, हाम्रो आवाज सम्बोधन हुने भनिएको छ'

Hyundai Nepal
सेयर लगानीकर्ताको आन्दोलन एकदिनमै स्थगन, ‘उधारो आश्वासनमा नेतृत्व भूल्यो’
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ताहरुको आन्दोलन र प्रदर्शन एकदिनमै स्थगन भएको छ ।  

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारलाई दवाब दिने उद्देश्यले सेयर लगानीकर्ताहरुले शनिवारदेखि आन्दोलन थालेका थिए । सो क्रममा उनीहरुले माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।  

शनिवारको आन्दोलनलाई ‘डेमो’को रुपमा प्रस्तुत गरिएको थियो । लगानीकर्ताहरुले आफ्ना माग राज्यले नसुनेको भन्दै लगानीसम्मेलन स्थलमै प्रदर्शनको चेतावनी समेत दिएका थिए । सोहीअनुसार तयारी पनि भइरहेको बेला एकाएक आन्दोलन स्थगन भएको एक लगानीकर्ताले जानकारी दिए । 

CG Motors
Garima Development Bank
IME remit

ती लगानीकर्ताका अनुसार अर्थमन्त्रालयका सामान्य कर्मचारी र अर्थमन्त्रीका सल्लाहकारको उधारो आश्वासनमा फेरि पनि सुरु भइसकेको आन्दोलन स्थगन भएको हो । ‘आन्दोलनको नेतृत्व गर्नेहरुले विदेशीको अगाडि राष्ट्रको बेइज्जती गर्नुहुँदैन, घरझगडा घरभित्रै मात्र रहनुपर्छ भन्नेजस्ता शब्दहरु प्रयोग गर्दै आन्दोलन स्थगित भएको जानकारी दिनुभयो । राज्य चलाउने र अर्थमन्त्रालयको बागडोर सम्हाल्नेहरुलाई यत्तिको दिनसम्म स्वदेशी लगानीकर्ताको कुनै पीर र चासो भएन, आज विदेशी लगानीकर्ताको मात्र पीर भयो । अनि त्यसकै बाहानामा चर्किसकेको आन्दोलन एकदिनमै रोक्नु गलत हो ।’ ती लगानीकर्ताले बिजशालासँग भने–‘यो समूहले यसअघि पनि सामान्य आश्वासनमा आन्दोलन स्थगन गर्ने गरेको थियो । यसपटक प्रभावकारी हुने संकेत देखिइसकेको थियो, तर झूठा आश्वासन र उधारो प्रतिबद्धताको पछि लागेर आन्दोलन सुरु नहुँदै तुहाइयो ।’  

आन्दोलनको नेतृत्व हाँकिरहेकामध्येका एक लगानीकर्ता उपेन्द्र पाठक भने आफूहरुमाथिका आरोपमा दम नरहेको तर्क गर्छन् । उनले अर्थमन्त्रालयबाट अनुरोध आएकोले लगानी सम्मेलनमा नकारात्मक प्रभाव नपरोस् भन्ने उद्देश्यले आफूहरुले आन्दोलन स्थगित गरेको जिकिर गरे । ‘विदेशीको अगाडि घरझगडाको तमासा देखाउनु उचित होइन, हाम्रो लडाईं राज्यसँग हो । ऊसँग अरुबेला पनि लडाईं गर्न सकिन्छ भन्ने साथीहरुको कुरा आयो ।’ पाठकले बिजशालासँग भने–‘अर्थमन्त्रालयका जिम्मेवार अधिकारीहरुले २ दिनको समय माग्नुभएको छ । त्यसपछि हाम्रा समस्या र मागको विषयमा गम्भीर छलफल गरिने आश्वासन आएको छ । राष्ट्रप्रतिको दायीत्व हाम्रो पनि हो । विदेशीको सामु आफ्नै सरकारको किन बेइज्जत गर्नु ? यही सोंचेर हामीले आन्दोलन स्थगित गरेका हौं ।’  

पाठकले आश्वासनअनुसार काम नभए वा सरकारले लगानी सम्मेलनपछि पनि लगानीकर्ताको आवाज नसुने फेरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिए ।  

सेयर लगानीकर्ताहरु जिम्मेवार छन् र आफ्नो देशप्रति इमानदार तथा बफादार छन् भन्ने सन्देश समेत आन्दोलन स्थगनबाट प्रवाह भएको उनको जिकिर छ । ‘हामी जिम्मेवार नागरिक हौं ।’ उनले भने–‘जिम्मेवार नागरिकले विदेशीसामु राष्ट्रको बेइज्जती गर्नुहुन्न । सरकारसँग झगडा गर्ने समय छँदैछ । फेरि सरकारले हामीलाई एकदिनकै आन्दोलनपछि रेसपोन्स पनि राम्रो गरेको छ । मिडियाको राम्रो सपोर्ट प्राप्त भएको छ । अब हाम्रा माग नसुनी धरै छैन।’  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.