सोमबार, असार २,२०८२ 05:11:18
  • सोमबार, असार २,२०८२ 05:11:18
Global IME Bank Limited

लगानी सम्मेलनको पहिलो दिन भए दुई सम्झौता

Hyundai Nepal
लगानी सम्मेलनको पहिलो दिन भए दुई सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । तेस्रो लगानी सम्मेलनमा दुईवटा सम्झौता भएका छन् । लगानी बोर्डले आयोजना गरेको दुईदिने सम्मेलनको उद्घाटनमै दुई सम्झौता भएको हो ।  

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रिज अपफ मलेसिया (एनआईसीसी)बीच ब्यापार र लगानी प्रबर्द्धनका लागि सम्झौता भएको हो ।  

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाइले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

त्यस्तै, नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच पनि सम्झौता भएको छ । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्नेबारे द्धिपक्षीय सम्झौता भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीएलसी होल्डिङ्सका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टा डाटा सर्भिसेज सेन्टरका सीईओ सुनिल गुप्ताले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

आइतबारदेखि राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ५५ भन्दा बढी देशका प्रतिनिधीहरु सम्मलेनमा सहभागी छन् । सम्मेलनमा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरका कम्तीमा चारवटा परियोजनाको विकास र कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.